Tuesday 31st March 2026

रक्त क्यान्सरपीडित बालकलाई आर्थिक सहयोग

8 years अगाडी

पर्वत । पर्वतको कुश्मा नगरपालिका-१४ का रक्त क्यान्सरबाट पीडित बालक अर्जुन गौतमको उपचारका लागि छिमेकी र गाउँवासीले आर्थिक सहयोग गरेका छन्। रक्त क्यान्सर पीडित अर्जुन बचाउ अभियानअन्तर्गत कुश्मा नगरपालिका वडा नं ११ र १४ वासी छिमेकी र गाउँलेबाट सङ्कलन गरिएको रकमको दोस्रो किस्ताबापतको आर्थिक सहयोग पीडितलाई हस्तान्तरण गरिएको छ।

छिमेकी र गाउँले मिलेर गठन गरेको ‘अर्जुन बचाउ अभियान’ले सङ्कलन गरेको रु एक लाख ८८ हजार १७७ शनिबार हस्तान्तरण गरिएको स्थानीयवासी सुरेन्द्र शर्मा गौतमले जानकारी दिए। अभियानले गौतमको उपचारका लागि रु दुई लाख ८७ हजार ७७१ सङ्कलन गरेको थियो। पहिलो किस्ताको रकम यसअघि नै हस्तान्तरण गरिएको थियो। सहयोगका लागि स्थानीय गोविन्द पौडेलको अध्यक्षतामा मूल समिति गठन गरी देश विदेशमा सामाजिक सञ्जालसमेत प्रयोग गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो।

समितिले कसैले सहयोग रकम राखेको भए एक हप्ताभित्र परिवारलाई हस्तान्तरण गरिदिन अनुरोध गरेको छ। आर्थिक अवस्था कमजोर रहेका गौतमको उपचारका लागि विभिन्न संस्थाले अभियान सञ्चालन गरिरहेका छन्। उनको उपचारमा रु २० लाख खर्च लाग्ने बताइएको छ।अहिलेसम्म झण्डै रु १५ लाख सहयोग सङ्कलन भइसकेको छ। कुश्मा नगरपालिका-११ पकुवामा रहेको वीरेन्द्र माविमा कक्षा ९ मा अध्ययनरत् पीडित बालकको एक वर्षदेखि भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ।

          August 12, 2018 11:52 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...