दुर्घटनामा परी मामा-भान्जाको मृत्यु
8 years अगाडी
Susma Dhakal
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ-८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका-१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।
विनयी त्रिवेणी–१ होङसी शिवम सिमेन्ट कारखाना जाने चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१त ९७५९ नं को बलेरोले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प ५१७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको हो।
August 12, 2018 12:34 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...