‘बाहुबली’भन्दा भव्य हुनेछ प्रभासको ‘साहो’, यसकारण तोडिनेछन् अहिलेसम्मका सबै रेकर्ड
मुम्बइ। बाहुबली सिरिजको अपार सफलतापछि अहिले जो कोहीले प्रभासको अर्को फिल्मको प्रतिक्षा गरिरहेका छन् । यो प्रतिक्षा यसकारण पनि विशेष छ किनकि बाहुबलीपछि प्रभासको कुनै पनि फिल्म रिलिज भएको छैन । यही बीचमा प्रभासको अर्को फिल्म ‘साहो’को विषयमा केही खबर बाहिरिएका छन् । यी खबरलाई मान्ने हो भने ‘साहो’ बाहुबलीभन्दा पनि भव्य हुनेछ र यसले अहिलेसम्म भारतीय बक्स अफिसमा बनेका सबै रेकर्ड तोड्ने सम्भावना छ ।
फिल्मसँग जोडिएको सूत्रले मिररसँग कुरा गर्दै फिल्मका केही दृश्य अबुधाबीमा सुटिङ भएको जनाएको छ । यी एक्सन सिनमा कार, बाइक र हेलिकप्टरबाट निकै खतरनाक दृश्य र स्टंट गरिएका छन् । फिल्मको तेस्रो शेड्युलको सुटिङ प्रभास र श्रद्धा कपुरको साथमा हैदराबाटमा भइरहेको छ । यसपछि फिल्मको अन्तिम क्लाइमेक्स सिनको सुटिङ रोमानियामा हुनेछ । जानकारीका अनुसार साहोमा प्रभासको एक्सन स्टन्ट सिन बाहुबलीको भन्दा तीन गुणा बढी खतरनाक हुनेछन् । फिल्मको सुटिङ यो महिनाको अन्त्यसम्म सकिने अपेक्षा गरिएको छ ।
साहो दक्षिण भारतको सबैभन्दा ठूलो फिल्म बन्ने बताइएको छ । यो फिल्ममा पहिलो पटक श्रद्धा कपुर प्रभाससँग देखिनेछिन् । साहो फिल्को सुटिङका केही तस्वीर भाइरल भइसकेका छन् । फोटोमा प्रभासको लुक हेर्दा पनि यो फिल्म निकै भव्य हुने अनुमान गर्न सकिन्छ । साहोमा प्रभासको साथमा श्रद्धा कपुर, निल नितिन मुकेश, ज्याकी श्राफ र मन्दिरा बेदीसमेत छन् । पछिल्लो समाचारअनुसार साहो बाहुबली २ रिलिज भएकै दिन अप्रिल २८ मा रिलिज हुनेछ ।
August 14, 2018 10:59 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :