प्रिन्सिपलबाट १२ कक्षामा पढ्ने किशोरी ६ महिनादेखि बलात्कृत
धरान, साउन । धरान उपमहानगरपालिका–५ साउनेस्थित मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले कक्षा १२ मा पढ्ने एक किशोरीलाई बलात्कार गरेको खुलासा भएको छ । बस्नेतले हाडनाताकी ती किशोरीलाई विगत ६ महिनादेखि जबर्जस्ती करणी गर्दै आएको खुलासा भएको छ ।पहिलो पटक फागुन २५ बलात्कार गरेका बस्नेतले घटनाबारे कसैलाई भने मार्ने धम्की दिँदै आएका थिए । विगत ६ महिनादेखि बलात्कृत ती किशोरीले अहिले आएर घटनाबारे आफ्नो अभिभावकलाई भनिन् र असार १० गते इलाका प्रहरी कार्यालय धरानमा बस्नेतविरुद्ध उजुरी गरेका थिए ।
आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि बस्नेतले उजुरी फिर्ता लिएर घरमै मिलाउन दबाब समेत दिए । प्रहरीले पनि बस्नेतलाई पक्राउ नगरेपछि पीडित परिवारले न्याय माग्दै महिला सञ्जाल धरानमा गएको असार १८ गते निवेदन दिएका छन् । हाल बस्नेत फरार छन् । बस्नेत पक्षले मोटो रकम दिएर घटनालाई गुपचुपमा मिलाउन पनि दवाव दिइरहेको पीडितकिशोरीका बाबुको भनाई छ । तर उनीहरुले कानुन बमोजिम दोषीलाई कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।
घटनापछि विस्तार किशोरीको पढाइ प्रभावित बनेको र उनी मानसिक रुपमा पनि कमजोर बन्दै गएपछि परिवारले सोधखोज गरेपछि किशोरीले परिवारले घटनाबारे बताएकी थिइन् । हाल किशोरीलेउ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा जचाई औषधी सेवन गरिरहेकी छिन् ।सञ्जालकी अध्यक्ष सविता राईले बस्नेतमाथि कारबाहीका लागि पहल भइरहेको बताएकी छिन् । धरान उपमहानगरपालिकाको न्यायिक समिति, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा आइतबार पीडित परिवारले दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन् ।
August 14, 2018 12:48 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै