झापाका महिला नेतृहरु भन्छन् : ३३ प्रतिशत होइन् १०० प्रतिशत सुरक्षा चाहियो
बिर्तामोड । युवा संघ झापा जिल्ला कमिटी महिला विभाग र अनेरास्ववियु जिल्ला कमिटी महिला विभागले जिल्ला भरका स्थानीय सरकारहरुलार्इ ध्यानाकर्षण गराएका छन् । उनीहरुले महिला हिंसा, बलात्कार, यौनहिंसालगायत महिलमाथि हुने सबै प्रकारका ज्यादती रोक्न ठोस् कदम चाल्न माग गर्दै स्थानीय तहमा ध्यानाकर्षणसहितको अभियान चलाएका हुन् । पछिल्लो समय समाजमा बढ्दै गएको महिला हिंसाविरुद्ध सचेतना जगाउने उद्देश्यले ध्यानाकर्षण पत्र बुझाइएको युवा संघ केन्द्रीय लेखा आयोग सदस्य अनिता कन्दङवाले बताइन् ।
दुई संगठनको महिला विभागले अर्जुनधारा, मेचीनगर, बिर्तामोड, कनकाई, शिवसताक्षी, दमकलगायतका नगरपालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएको र यो अभियान जिल्लाको सबै स्थानीय तहसम्म पुर्याइने केन्द्रीय लेखा आयोग सदस्य कन्दङवाले जानकारी दिइन् ।ध्यानाकर्षण गराउँदै अनेरास्ववियु केन्द्रीय सदस्य निता घतानीले महिलाहरुलाई ३३ प्रतिशत होइन् १०० प्रतिशत सुरक्षा दिन माग, यौनहिंसामा संलग्न दोषीलाई कारवाहीका लागि कडा कानुन निर्माण गर्न, महिला हिंसामुक्त स्थानीय तह घोषणा गर्न र महिला हिंसा सुनुवाई डेक्स स्थापना गर्न माग गरिएको सुनाइन् ।
नगरपालिकाहरुका प्रमुख, उपप्रमुखहरुले ध्यानाकर्षण पत्र बुझ्दै अभियान्ताका मागहरुलाई कार्यान्वयन गर्ने र यौनहिंसामा संलग्न दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइ सार्वजनिक गरेर कारवाहीको थालनी गर्ने बताएको केन्द्रीय लेखा आयोग सदस्य कन्दङवाले जानकारी गराइन् ।अभियानको अन्तिम दिन भोली (बुधबार) जिल्ला समन्वय समिति झापा, सिडियो कार्यालय झापाको परिसरमा रहेर समापन गरिने युवा संघ झापा जिल्ला कमिटी महिला विभागले जनाएको छ । सुनीरा मैनाली
August 14, 2018 3:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै