Tuesday 31st March 2026

अब भाडामा बस्नेलाई विनाकारण हटाउन नपाइने

8 years अगाडी

काठमाडाैं, ३० साउन । घरधनीले विनाकारण बहालवालालाई हटाउन नपाउने भएका छन् । भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४ ले यस्तो व्यवस्था गरेको हो । धेरै घरधनीले आफ्ना लागि आवश्यक भएको भन्दै बहालवालालाई घर वा कोठा खाली गर्न लगाउने र तुरुन्तै भाडा रकम बढाएर अर्कोलाई दिने गर्दछन् ।

अब त्यस्ता घरधनीमाथी मुलुकी ऐनले यस्तो अंकुश लगाउने व्यवस्था गरेको छ । ऐनमा घरधनीले आफैंलाई आवश्यक भनेर बहालवालालाई निकालेमा ३ महिनासम्म अर्कोलाई बहालमा दिन नपाउने व्यवस्था गरिएको छ । ऐन अनुसार घरधनी आफैंलाई आवश्यक परेको खण्डमा पनि कम्तीमा ३५ दिनअघि नै बहालवालालाई लिखित जानकारी गराउनुपर्नेछ । बहालमा दिएको घर वा कोठाको कानुन बमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनुपर्ने दायित्व घरधनीको हुने ऐनमा उल्लेख छ ।

          August 15, 2018 10:43 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...