Tuesday 23rd December 2025

बलिउडमा डेब्यू गर्दै चर्चित नेपाली सुपरस्टार अनमोल केसी

8 years अगाडी

एजेन्सी, जेठ । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार अनमोल केसीले चाँडै नै बलिउडमा डेब्यू गर्दैछन् ।सुप्रसिद्ध म्युजिक कम्पनी वल्र्डवाइड रेकर्डससँगले निर्माण गर्न लागेको फिल्मबाट अनमोेलले बलिउडमा प्रवेश गर्दैछन् । फिल्मको नाम भने घोषणा गरिएको छैन।

भारतीय पत्रिका ‘हमारा महानगर’ का अनुसार संगीतको दुनियाँमा नयाँ आयाम थपिरहेको प्रसिद्ध म्युजिक कम्पनी वल्र्डवाइड रेकर्डस् लिमिटेडले फिल्मका गीत रिलिज गर्नुका साथै फिल्म निर्माणको क्षेत्रमा खुट्टा हालेको छ। म्युजिक कम्पनीले निर्माण गर्न लागेको यो पहिलो फिल्म हुनेछ ।

नेपाली फिल्म उद्योगका वरिष्ठ अभिनेता भुवन केसी र उनका छोरा अभिनेता अनमोल केसीलाई लिएर निर्माण गरिने हिन्दी एवं नेपाली फिल्म भारत र नेपाल बाहेक ७४ देशमा रिलीज गरिने उक्त पत्रिकाले लेखेको छ ।नेपालका कलाकारहरुसँग समन्वय गरी काम गर्न पाउँदै निकै खुसी लागेको वल्र्डवाइड रेकर्डस्का लगानीकर्ता रत्नाकर कुमारले बताए । चलचित्रका लेखक हुन् कुमार ।

          June 10, 2018 10:38 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...