Tuesday 31st March 2026

हुम्लामा मनाङ्ग एयरको हेलिकोप्टरको पंखाले काटेर एकको मृत्यु

8 years अगाडी

हुम्ला, साउन । हुम्लामा मनाङ्ग एयरको हेलिकोप्टरको पंखाले काटेर एक भारतिय नागरिकको मृत्यु भएको घटनालाई प्रहरीले अनुसनधन थालेको छ ।
इन्जिन बन्द नै नगरी यात्रु झारेको भन्दै पाइलटले गैरजिम्मेवारी काम गरेकाले घटना भएको आरोप पाइलटमाथि लागेको छ भने पाइलटले यात्रुकै गल्तीले दुर्घटना भएको दावी गरेका छन् ।

कैलाश मानसरोवर दर्शनका लागि मुम्बईका नागेन्द्र कुमार कार्तिक मेहताको हेलिकोप्टरबाट झरेको केही समयमा नै पछाडिको पंखाले काटेर घटनास्थलमै मृत्यु भएको थियो ।मनाङ्ग एयरको नाईन एनएएमभी हेलिकोप्टरले यात्रुलाई हिल्सा हेलिप्याडमा पुयाईसकेपछि सिमिकोटतर्फ उडानको तयारीको क्रममा सो घटना भएको हो । चीनसँगको सीमा क्षेत्र हिल्सास्थित हेलिप्याडमा दिउँसो करिब साव ३ बजे घटना थियो ।

कैलाश टे«कमार्फत उनीसहितको भारतीय टोली हुम्लाको मार्ग हुँदै कैलाश मानसरोवर दर्शनमा जान लागेका थिए ।भारतीय नागरिक हिलकोप्टरको पछिल्लोभाग तर्फ गएकोले दुर्घटना भएको पर्यटन मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । केहीले सेल्फी खिच्ने क्रममा सो दुर्घटना भएको समे.त बताएका छन् ।

          August 15, 2018 11:01 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...