यस कारण बिदेशि सगँ बिवाह गरे बलिउडमा यि नाइकाले
बलिउडका यि चर्चित अभिनेत्रि जस्ले बिदेशि सगँ गरे बिवाह त्यसरी विवाह गर्नेमा बलिउडमा धेरै
हिरोइन छन्, जसको दिल विदेशी युवकसँग बस्यो र तत्कालै बिहे गरे । हालै बलिउडकी ‘देशी गर्ल’ प्रियंका चोपडाको दिल विदेशी युवकले चोरे । उनीहरू यही वर्ष बिहे गर्ने तयारीमा छन् । यहाँ त्यस्ता केही बलिउड अभिनेत्रीका बारेमा प्रस्तुत गरिएको छ, जसले विदेशी प्रेमीलाई पति बनाए ।
माधुरी दीक्षित : यस सूचीको पहिलो नम्बरमा आउँछिन्, बलिउडी ‘धक–धक गर्ल’ माधुरी दीक्षित । माधुरीको फिल्मीयात्रा सुपरहिट रह्यो । एक समय थियो, माधुरी र सञ्जय दत्त प्रेममा थिए, उनीहरू बिहे गर्नेवाला थिए । तर, सञ्जयको नाम मुम्बई बम हमलामा मुछियो र माधुरीको सञ्जयसँग दूरी बढ्यो । त्यही वर्ष १९९९ मा माधुरीले डा। श्रीराम माधव नेनेसँग बिहे गरिन् ।नयाँ पत्रिकामा खबर छ ।
प्रिटी जिन्टा : बलिउडकी ‘डिम्पल गर्ल’ प्रिटी जिन्टाको सौन्दर्यका सामु जो–कोही घायल हुन्छन् । प्रिटीले आफ्नो फिल्मी करियरमा ‘कल हो ना हो’, ‘वीर जरा’, ‘दिल चाहता है’जस्ता सुपरहिट फिल्म दिइन् । त्यसपछि उनले अमेरिकी व्यापारी जिन गुडइनफसँग सन् २०१६ मा विवाह गरिन् । यी दुईजना लामो समयदेखि प्रेमसम्बन्धमा थिए ।
राधिका आप्टे : वेब सिरिज तथा बलिउड फिल्ममा दमदार अभिनयका कारण फरक परिचय बनाएकी अभिनेत्री राधिका आप्टेले पनि जीवनसाथीका रूपमा विदेशी व्यक्ति रोजिन् । राधिका हाल फिल्म ‘प्याडम्यान’मा बलिउडका ‘खेलाडी कुमार’ अक्षयकुमारसँग देखिएकी थिइन् । उनले सन् २०१२ मा बेलायती संगीतकारसँग बिहे गरेर घरजम गरेकी हुन् ।
August 15, 2018 11:21 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले