Tuesday 31st March 2026

‘नर्सले गर्भवती महिलाको कपाल तान्छन् र थप्पड हान्छन्’

8 years अगाडी

२८ वर्षीया सुमन अघिल्लो महिनामात्रै गर्भवती भएकी हुन्। उनलाई अर्को बच्चाको बारेमा सोध्दा उनी झस्किइन्। उनी दोस्रो बच्चाको नामले भन्दा पनि गर्भवती हुँदा गरिने व्यवहारले तर्सिएकी हुन्। सुमन दिल्लीको संजय गान्धी अस्पतालमा गर्भवती भएकी थिइन्। आफ्नो अनुभव सुनाउँदै सुमन भन्छिन्, ‘यो मेरो पहिलो बच्चा हो। गर्भवती हुँदा के के हुन्छ भन्ने कुरा मलाइ थाहा थिएन। म सुरुमा निकै आत्तिएकी थिएँ। मसँगै अन्य धेरै महिला पनि बच्चा जन्माउन आएका थिए। उनीहरु दुखेर रोइरहेका थिए। तर यी महिलामाथि सहानुभूति देखाउनुको साटो उनीहरुलाई हप्काइन्थ्यो। जसका कारण म धेरै आत्तिएकी थिएँ।’

सुमनले अगाडि भनिन्, ‘प्रसुती वार्डमा पंखा त झुण्याइएको थियो, तर चल्दैन थिए। यस्तो गर्मीमा हामी तीन जनालाई एउटै बेडमा राखिएको थियो। हामी तीनै जना प्रश्रव वेदनाले छटपटाइ रहेका थियौं। हामी मजाले सुत्न पनि पाएका थिएनौं।’उनले अगाडि भनिन्, ‘मेरो नजिकै रहेकी एक महिला दुखाइले चिच्याइरहेकी थिइन्। ती महिलाको मुख सुकिसकेको थियो। तर उनलाई हेर्ने कोही थिएनन्। जब उनी जोड जोडले चिच्याउन थालिन् तब नर्स आइन्। र, ती महिलालाई हकार्नुका साथै पिटिन् पनि। नर्सले जहाँ भेट्यो त्यही हिर्काउँथिन्। उनीहरुले कपालसम्म उखेले। उनीहरु यस्तो अश्लील गाली गर्थे की त्यो सुनेर हामीलाई बच्चा जन्माउन पनि लाझ लाग्थ्यो। नर्सले हामीलाई पहिला मजा गर्यौ अहिले चिच्याउँछौ भनेर गाली गर्थे।’

सरकारी अस्पतालमा महिला गर्भवती हुने क्रममा यस्तो असंवेदनशील व्यवहार हुनु आम विषय हो। अन्य सरकारी अस्पतालमा उपचार गराएका महिलासँग पनि यस्तै अनुभव छ।यो विषयलाई केन्द्र सरकारलेसमेत स्वीकार गर्दै अस्पतालमा हुने दुव्र्यवहारमाथि केन्द्र सरकारले वर्ष २०१७ मा ‘लक्ष्य निर्देशिका’ जारी गरेको थियो। जसलाई राज्य सरकारमार्फत लागू गराउने कोशिश जारी छ। उता चण्डिगढको ‘पोस्ट ग्रेजुएट इंस्टिट्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च’ पीजीआईएमईआरले रिस्पेक्टफुल मेटरनिटी केयर अर्थात प्रसुतिका क्रममा सम्मान जनक व्यवहार र हेरविचारमाथि शोध गरेको छ। यो सोधमा के पाइयोभने अस्पतालका स्टाप महिलासँग नराम्रो व्यवहार गर्छन्। उनीहरु महिलालाई हप्काउँछन् र भनेको नमाने धम्कीसमेत दिन्छन्।

पीजीआईएमईआरमा कम्युनिटी मेडिसिनकी प्रोफेसर तथा यो शोधकी प्रिंसिपल इंवेस्टिगेटर डा. मनमीत कौर भन्छिन्, ‘आम रुपमा के धारणा बनाइएको छ भने प्रसुतीका बेला हप्काउनुपर्छ। नर्स के सम्म भन्छन् भने यसो गर्दा महिलालाई प्रसवमा सहयोग मिल्छ।’यो सोधकी रिसर्ज कोअर्डिनेटर इनायत सिंह कक्कड भन्छिन्, ‘ अस्पतालमा एक नर्सको जिम्मामा कयौं विरामी हुन्छन्। यस्तोमा नर्स तनावमा हुनु स्वभाविक हो। उनले सबैलाई राम्रोसँग ध्यान दिन सकेकी हुँदैनन्। फेरि सबै नर्स त्यस्ता पनि हुँदैनन् केही राम्रो व्यवहार गर्ने पनि फेला परेका छन्।’

जब संजय गान्धी अस्पतालमा यो विषयमा सोध्दा उनीहरुले अस्पतालमा दुव्र्यवहारसँग जोडिएका कुनै पनि गुनासो नआएको बताए। संजय गान्धी अस्पतालका डिपुटी मेडिकल सुपरिटेण्डेण्ट डा. एमएम मनमोहनले भने, ‘ हामीले बेला बेलामा नर्सलाई काउनसेलिङ पनि गर्दै आएका छौं। यसको उद्देश्य भनेको बिरामीसँग राम्रो व्यवहार गर्नुपर्छ भन्ने हो। हाम्रो अस्पतालमा विरामीमाथि दुव्र्यवहार गरिएको भन्ने कुनै पनि गुनासो आएको छैन।’तर सरकारी अस्पतालमा यस्तो व्यवहार हुने गरेको स्वीकार गर्दैउनले भने, ‘यसको मुख्य कारण कयौं नर्सलाई साफ्ट स्किलको तालिम दिइँदैन। यो मेडिकल अध्ययनको करिकुलमको भाग हुनुपर्छ। तर सधैं यस्तो तालिम पनि दिइँदैन।’दिल्लीको बाबू जगजीवन अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. प्रतिभा पनि अस्पतालमा डाक्टर नर्सको संख्या कम भएको स्वीकार गर्छिन्। उनी भन्छिन्, ‘आज पनि डाक्टरका कयौं पद खाली छन्। सरकारसँग डाक्टर नै छैनन्। केवल दिल्लीमा मात्रै होइन अन्य राज्यमा पनि अस्पतालको सुधार आवश्यक छ। ताकि दिल्लीमा अन्य राज्यका विरामी कम आउन्।’ धेरै जसो महिला अस्पतालमा गुनासो गर्दैनन्। बीबीसी हिन्दीबाट

          August 15, 2018 12:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...