Tuesday 31st March 2026

हृदयेश त्रिपाठीसहित काँग्रेसका जिल्लास्तरीय नेताहरु नेकपामा प्रवेश गर्दै(नामसहित)

8 years अगाडी

काठमाडौं, ३१ साउन । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा सूर्य चिह्नबाट चुनाव लडेका नेता हृदयेश त्रिपाठी लगायतका नेताहरू आज नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा प्रवेश गर्दैछन् ।नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीवार आयोजित एक कार्यक्रममा त्रिपाठी लगायतका नेताहरू नेकपा प्रवेश गर्न लागेका हुन् ।

त्रिपाठी तत्कालीन एमालेको सूर्च चिह्न लिई नवलपरासीबाट चुनाव लडेका थिए । संसदमा उनी सत्तारुढ नेकपा सांसदहरूको रोमा बसिरहेका छन् । त्रिपाठी सहित सांसद वृजेशकुमार गुप्ता, नेता पशुपति दयाल मिश्र लगायत पनि नेकपा प्रवेश गर्दैछन् । नेकपा पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको भन्दै सञ्चारकर्मीलाई निमन्त्रणा गरेका छन् ।

पूर्वमन्त्री त्रिपाठीलाई संसदीय समितिको सभापति बनाउने तयारी रहेको नेकपा स्रोतले जनाएको छ । सोही कार्यक्रममा ओखलढुंगाका नेपाली काँग्रेसका केही नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।नेकपाका नेता विष्णु रिजालका अनुसार धुम्बाराहीमा ओखलढुंगाका नेपाली काँग्रेसका पूर्वजिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री, खिजीचण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवारलगायत सैयौँ कार्यकर्ताहरु नेकपामा प्रवेश गर्दैछन् ।

          August 16, 2018 11:50 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...