Tuesday 31st March 2026

के हुँदैछ सरकारले दिने भनेको दोब्बर सुत्केरी भत्ता ?

8 years अगाडी

काठमाडौं, ३१ साउन । सरकारले सुत्केरीलाई दिने भनेको दोब्बर सुत्केरी भत्तामा अन्यौलता देखिएको छ । नयाँ आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषणमै सरकारले सुत्केरीलाई दिने भत्ता दोब्बर बनाएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा समावेश नगरिएपछि अन्यौलता बढेको हो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले मन्त्रालयले बनाएको वार्षिक बजेटमा सुत्केरीलाई दिने भनिएको भत्ता बढाउने उल्लेख नभएपछि दोब्बर भनिएको भत्ता दिन समस्या भएको जनाएको छ । महाशाखा प्रमुख डा. आर.पी. विच्छाले २० करोड बजेट हुनुपर्नेमा १० करोड मात्रै उल्लेख गरेर मन्त्रालयले बजेट अर्थमन्त्रालय पठाएको हुनाले तत्काललाई दोब्बर सुत्केरी भत्ता दिन नसकिने बताए ।

प्रमुख विच्छाले आफूले यस विषयमा मन्त्रालयलाई जानकारी गराइसकेको र चाँडै समस्या सामाधन हुने बताए । मन्त्रालयले अर्थसँग बजेट निकासाका लागि पहल थाल्ने पनि उनले जानकारी दिए ।

          August 16, 2018 12:15 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...