Monday 22nd December 2025

१२ वर्षपछि एकै चलचित्रमा सँगै देखिदै काजोल र अमिताभ !

7 years अगाडी

लामो समयको अन्तरालपछी बलिउड अभिनेत्री काजोल ‘हेलिकोप्टर इला’बाट बलिउडमा कमब्याक गर्ने भएकी छिन् । काजोल यसभन्दा अघि सन् २०१५ मा आएको फिल्म ‘दिलवाले’मा शाहरुख खानसँग देखिएकी थिइन् । हेलिकोप्टर इला’मा काजोल एकल आमाको भूमिकामा देखिनेछिन् । उनका छोराको भूमिकामा भने ऋद्धि सेन देखिँदै छन् । फिल्म अजय देवगणको होम प्रोडक्सनमा बन्दै छ । फिल्मको निर्देशन प्रदीप सरकारले गर्ने भारतीय मिडियाले जनाएका छन् ।

मिडियाले उल्लेख गरेअनुसार फिल्ममा अमिताभ बच्चन पनि देखिनेछन् । फिल्ममा अमिताभले एक महान् कलाकारको भूमिका निभाउने बताइएको छ । यसअघि अमिताभ र काजोल ‘कभी खुसी कभी गम’ र ‘कभी अलबिदा ना कहेना’मा सँगै देखिएका थिए । काजोल र अमिताभले १२ वर्षपछि सँगै काम गर्न लागेका हुन् ।

          August 16, 2018 12:39 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...