चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा चोरी सिकारीबाट मारियो
8 years अगाडी
Susma Dhakal
रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ ।बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०/३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको र त्यसको दाह्रासमेत खिइएकाले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।
यो आर्थिक वर्षमा प्राकृतिक रूपमा गैंडा मरेको यो पहिलो हो। अघिल्लो वर्ष विभिन्न कारणले २६ गैंडा मरेको तथ्याङ्क निकुञ्जसँग छ। जसमा बाढीले बगाएर ४ गैंडा मरेका थिए।पछिल्लो समयमा जुधेर र अन्य कारणले गैंडाको मृत्यु बढेको भन्दै यहाँका संरक्षणकर्मीले चिन्ता प्रकट गरेका थिए। बाघ, गैंडालगायत वन्यजन्तुको प्राकृतिक मृत्युदर बढ्न थालेपछि उनीहरूले यसबारे अनुसन्धान गरिनुपर्नेमा जोड दिँदै आएका थिए।
August 17, 2018 11:59 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...