दीपिका र रणबीर सिंहको विवाहमा मोबाइल फोन प्रतिबन्ध!
एजेन्सी। यतिबेला बलिउडमा दीपिका पादुकोण र रणबीर सिंहबीच हुने भनिएको विवाहले निकै चर्चा पाएको छ। उनीहरुको विवाहसँग सम्बन्धित समाचार लगातार आइरहेका छन्। केही दिन अगाडि उनीहरुको विवाहको मिति सार्वजनिक भएको थियो।उनीहरुको विवाह इटलीमा २० नोभेम्बरमा हुँदैछ। योसँगै उनीहरुको विवाह गोप्य तरिकाले हुने बताइएको छ। उनीहरुले विवादलाई निजी विषय बनाउन नयाँ तरिका खोजेका छन्।
भारतीय संचारमाध्यमका अनुसार उनीहरुले आफ्नो विवाहलाई निजी बनाउनकालागि इटलीमा विवाह गर्न लागेको बताइएको छ। उनीहरुको विवाह इटलीको कोमो शहरमा हुने भएको छ।आफ्नो विवाहको गोपनीयता राख्ने क्रममा उनीहरुले विवाहमा आउने पाहुनालाई मोबाइल फोन नल्याउन आग्रह गर्ने भएका छन्। मोबाइलबाट फोटो नखिचुन भनेर उनीहरुले यस्तो आग्रह गर्न लागेको बताइएको छ।
स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाए अनुसार दीपिका र रणबीरले विवाहमा आउने पाहुनालाई मोबाइल फोन नल्याउन अपिल गरेका छन्। आफ्नो विवाहको फोटो आफ्ना फ्यानलाई आफूहरुले नै सार्वजनिक गर्ने उनीहरुको योजना रहेको बताइएको छ।
August 17, 2018 2:07 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :