आफूलाई छाडी अर्कैसँग अस्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या
मोरङ, २ भदाै । विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् ।प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए ।
‘घिमिरेको अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो,’ उनले भने, ‘शव चिन्नै नसकिने गरी अनुहारमा धारिलो हतियारले काटिएको छ ।’प्रहरी उपरीक्षक केसीका अनुसार दुबैबीच प्रेमसम्बन्ध रहेको तर युवतीले बिवाह गर्न नमानेपछि हत्या गरेको युवकले बयान दिएका छन् ।भट्टराईले शिखा केही दिनदेखि अर्कै केटासँग लागेको र केही दिनमै आफूलाई छाडेर अस्ट्रेलिया जान लागेकाले हत्या गरेको बताएका छन् ।
August 18, 2018 11:22 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै