Wednesday 10th September 2025

युवा ज्योतिष हरिहर भन्छन् -‘महिनावारी हुँदा मन्दिर जान हुन्छ’

7 years अगाडी

काठमाडौं । महिनावारीलाई हिन्दु धर्मका विभिन्न कथाहरु सुनाइदा पापको रुपमा सुनाइन्छ। त्यसैले महिनावारी भएको महिला मन्दिर वा पूजा गर्ने ठाउँमा, भान्सामा, पवित्र स्थलमा जानु हुँदैन र पवित्र मानिने वस्तुहरु छुनु हुँदैन भन्ने मान्यता छ।युवा ज्योतिष हरिहर अधिकारिले भने यस विषयमा आफ्नो छुट्टै विचार राखेका छन्। उनका अनुसार महिनावारि बार्नु धर्मसंग होइन परम्परासंग जोडीएको छ। धर्ममा कतै पनि महिनावारीलाई पापको रुपमा व्याख्या नगरिएको उनी बताउँछन्।

अधिकारी भन्छन्, ‘मन्दिरहरु गाउँ देखि धेरै टाढा, जंगलमा बनाइने गरिन्थ्यो। महिलाहरु हरेक दिन मन्दिरमा पूजा गर्न जान्थे। महिनावारिको समयमा रगतको गन्ध छिटो थाहा पाउन सक्ने जनावरहरुले उनीहरुलाई आक्रमण गर्न थाले।जसले गर्दा महिनावारीको समयमा मन्दिर जान नहुने चलन एउटा घरले चलायो। त्यसलाई राम्रो मानेर अरुले पनि त्यही चलन अपनाउन थालेपछि त्यो परम्परा बन्यो।

          June 10, 2018 1:05 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...