यस्तो छ प्रियंकाको इन्गेजमेन्टप्रति पूर्व प्रेमी शाहिदको रियाक्सन
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसले इन्गेजमेन्ट गरेका छन्। हिजो भएको प्रियंकाको इन्गेजमेन्ट पार्टीमा प्रियंकाका परिवारसँगै निक जोनका परिवारपनि सहभागी बनेका थिए।प्रियंकाले औपचारिक रुपमा इन्गेजमेन्टको खुलासा गरेपछि उनलाई बधाईको ओइरो आइरहेको छ। कुनै समय बलिउड अभिनेता शाहिद कपूरसँग प्रियंका चोपडाले डेट गर्ने गरेको खबरहरु निकै आउने गरेका थिए। तर उनीहरुले आफ्नो प्रेमका बारेमा भने स्वीकार गरेनन्।
पछि यिनीहरुको ब्रेकअप भयो । शाहिदले पनि मिरा राजपूतसँग विवाह गरे भने प्रियंकाले पनि निकसँग इन्गेजमेन्ट गरिन्। अब उनी चाडै विवाह बन्धनमा बाँधिदै छिन्।हालै प्रियंकाको इन्गेजमेन्टलाई लिएर शाहिद कपुरसँग प्रश्न गरिएको थियो। उनले प्रष्ट जवाफ दिदै भने, म प्रियंकाका लागि निकै खुसी छु। धेरै धेरै बधाई। विवाह एक सन्दर चीज हो। म यो अनुभवका साथ भन्न सक्छु। अल द बेस्ट टू हर । शाहिदले स्पष्ट शब्दमा प्रियंकाका लागि खुसी भएको बताएका हुन्।
August 19, 2018 11:35 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :