Tuesday 31st March 2026

आयो दुखको खबर टंकको अाँखानिकालेर हत्या

8 years अगाडी

प्रहरीका अनुसार ५० वर्षीय टंक भट्टराईको शव आइतबार बिहान देब्रे आँखा निकालिएको अवस्थामा फेला परेको बताइएको छ । विराटनगरस्थित विराट नर्सिङ होमको नजिक रहेको न्यू बिक्की हार्डवेयरमा काम गर्ने गार्डको हत्या भएको छ । विराटनगर–४ पिपलचोक घर भएका भट्टराई राति हार्डवेयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए । तर, आइतबार बिहान पौने १० बजे हार्डवेयरका कामदारले ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेका हुन्

उनको सुत्ने कोठाको खाटमुनि शव देखेपछि कामदारले प्रहरीलाई खबर गरेको थिए । उनको शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको र अनुहार शरीरमा पनि चोट लागेको बताइएको छ । प्रहरीका अनुसार र यो हत्या नै भएको र यस घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

          August 19, 2018 2:25 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...