

जानी राखौ,पशुपतिनाथमा ‘कलि’को मूर्ती पुरै निस्किएपछि संसार ध्वस्त हुने !

हिन्दूकाशास्त्रमा उल्लेख भएअनुसार ब्रम्हाण्डमा चार ओटा युग हुन्छ । पहिलो सत्य युग दोस्रो द्वापर युग तेस्रो त्रेता युग र चौथो कलि युग । हिन्दुलाई मान्ने हो भने अहिलको सयम कलियुग अन्तर्गतको कालखण्ड हो । जसलाई शास्त्रले अन्तिम युग भनेको छ । तर, विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक उल्लेख छन् । चार युग मध्येको पहिलो युग सत्य युग हो । धर्मशास्त्रहरुमा कलियुगपछि पुनः सत्य युगको शुरुवात हुने उल्लेख छ । जानी राखौ :-
कलियुग को आरम्भ : कलि युगको अन्त्यसँगै संसार ध्वस्त हुने र नयाँ संसार श्रृजना हुने विश्वास गरिन्छ । कलि युग ४ लाख ३२ हजार वर्षको हुने उल्लेख गरिएको छ । तर, यो युगको समय पनि शास्त्र अनुसार फरक छन् । १२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ ।
हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा कलिको मुर्ति रहेको बताइन्छ । पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्ती’ का रुपमा मानिएको छ । विरुपाक्ष भगवानलाई शिवको मानवस्वरुप मानिन्छ |
हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा कलिको मुर्ति रहेको विश्वास गरिन्छ । पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्र्ति’ को रुपमा लिने गरिएको छ । विरुपाक्ष भगवानलाई शिवको मानवस्वरुप मानिन्छ ।तर पशुपति जाने जो कोही पनि एक पटक विरुपाक्षको मुर्ति हेर्न पुग्छन् र कलि बाहिर निस्किरहेको बताउँछन् । श्रुतिहरुका अनुसार यो मुर्र्ति जमिनको सतहबाट विस्तारै माथि सर्दै आइरहेको छ । जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ । अर्थात यो मूर्ति पूर्णरुपमा बाहिर निस्किएपछि कलियुगको अन्य हुने विश्वास गरिन्छ । कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिएको छ ।
पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्नेछन् ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

