गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत !
काठमाडौँ, ७ भदौ । बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ ।उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पु-याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।‘घटना ‘कम्प्लिकेटेड’ छ । अहिले नै थप नबोलौँ । हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धान सुरु भइसकेको छ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार बालिकाको मेडिकल जाँच गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।बालिकाले मोटरसाइकलबाट गोदावरी लगेर बलात्कार गर्नेको नाम खुलाउन नसकेका कारण अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले बताएको छ । घटनाबारे महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पनि अनुसन्धान गरिहेको छ ।१ भदौबाट लागू भएको नयाँ मुलुकी अपराध (संहिता) ऐनमा १० देखि १४ वर्ष उमेरका बालिका बलात्कार गर्नेलाई १४ देखि १६ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । संहिताको २१९ दफाको उपदफा ३ (ख)मा यो व्यवस्था छ ।
August 23, 2018 11:09 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै