छाउपडीलाई अपराध मानिने, अब छाउगोठ पठाए सजाय
काठमाडौं, ७ भदाै । पशु चौपायका लागि बनाईएका गोठ जस्ता देखिने घरहरु सुदुर पश्चिमका पहाडी जिल्लामा प्रशस्तै देखिन्छन् । ति छाउघर हुन् । छाउपडी अर्थात् महिलाहरु महिवारी भएका बेला बस्न बनाईएका घर । धेरै छाउ गोठ त भत्किईसके, अब अरु छाउगोठ पनि भत्किने छन् ।मुलुकी ऐनलाई विस्थापित गरी ल्याइएको नयाँ कानुनले छाउपडीलाई अपराध मानेको छ । अब कसैलाई महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य पारिए, त्यो अपराध हुनेछ । र त्यसै अनुसार सजाय पनि हुनेछ ।भदौ १ गतेबाट लागुभएको अपराध संहितामा यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रुपमै अपराध मानिएको छ । कानुनमा कोही कसैले महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवानाको व्यवस्था गरिएको सांसद कृष्णभक्त पोखरेलले बताए ।
महिनावारी भएका वा सुत्केरी भएका महिलालाई छाउगोठमा पठाउने, धारा वा पानी छुन नदिने, भान्सामा पस्न नदिने वा खानेकुराहरु छुन नदिने लगाएतका विभेद गरेमा यो सजाय भोग्नुपर्नेछ । पीडितले जुनसुकै प्रहरी कार्यालयमा गएर उजुरी दिनसक्नेछन् । प्रहरीले उजुरी लिन आनाकानी गरेमा वा उजुरी नलिएमा जिल्ला प्रशासन कार्यालय वा त्यो भन्दा माथिल्लो निकायमा पनि उजुरी दिन सक्ने व्यवस्था छ ।अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलालाई महिनावारीका समयमा विभेद गर्न नहुने लेखिएको छ । नयाँ कानुन प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सके छाउपडि कुप्रथा अन्त्य हुने बताउछन्, अधिवक्ता सरोज गिरी । विशेषत: छाउपडि कुप्रथा सुदुरपश्चिममा रहेको भनिएपनि महिनावारीका बेला गरिने विभेद देशैभरी छ ।
August 23, 2018 12:01 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै