सप्तरीमा यस्तो पनि बिहे: दुलही भित्रिएपछि घरै खाली गरेर भागे
राजविराज । बिहेको तीन वर्षसम्म दुलहाले दुलही भित्र्याउन आनाकानी गरेपछि जनप्रतिनिधि, अधिकारकर्मी, प्रहरी र नागरिक समाजका अगुवाले दुलहीलाई घर प्रवेश गराएका छन् । सप्तरीको राजविराज नगरपालिका–७ का छोटु भनिने राजीव दासकी श्रीमती २५ वर्षीया कविताकुमारी साहलाई राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, इन्स्पेक्टर सुजता तुम्बाहाम्फे, राजनीतिक दलका नेता, अधिकारकर्मी र नागरिक समाजको पहलमा मंगलबार साँझ घर भित्र्याएका हुन् ।
राजविराज नगरपालिकाको न्यायिक समितिबाट मंगलबार साहलाई पत्नी, बुहारीको हैसियतमा घरमा बस्न, खान, लाउन, शिष्ट व्यवहार गर्न तथा गालीगलौज, कुटपिट नगर्न भनी अन्तरिम संरक्षणात्मक आदेश जारी भएपछि उनलाई घर भित्र्याइएको हो।पटक–पटक घर भित्र्याउने समय दिँदै आएका राजीवले तीन वर्षसम्म दुलही बनाएर घर लान आनाकानी गरेपछि घरपरिवारको असहमतिमा दुलहीलाई घर प्रवेश गराइएको हो। लक्ष्मी आयुर्वेदिक औषधि पसल सञ्चालन गरी बसेका दास परिवारले दुलही भित्र्याउन अस्वीकार गरेपछि पछिल्लो समय दबाबमा परेका राजीब घर छाडेर सम्पर्क बाहिर छन्।
तीन वर्षअघि प्रेमविवाह गरेका साह र दासले सप्तरी जिल्ला अदालतबाट ०७२ पुस २४ गते पति–पत्नीको नाताकायम समेत गरेका छन्। युवतीले सासु ५५ वर्षीय मन्जुदेवी साह र जेठाजु ३५ वर्षीय पंकज साहले ०७४ चैत २४ गते कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले राजविराज नगरपालिकाको न्यायिक समितिमा गत वैशाखमा उजुरी दिएकी थिइन्।
आरोपित पंकज र मन्जुले भने विवाह भएको जानकारी आफूलाई नभएको र पीडितलाई घरमा राख्न आफू तयार नभएको बताउँदै आएका छन्। न्यायिक समितिका संयोजक एवं उपप्रमुख झा, अधिकारकर्मी र नागरिक समाजले मंगलबार राति १० बजेसम्म युवतीका सासु र जेठाजुलाई सम्झाए पनि बुहारी स्वीकार्न तयार नभएको वडाध्यक्ष समीर झाले बताए।बुहारी स्वीकार गर्न तयार नभएका सासू र जेठाजु राति कवितालाई घरमा छोडेर बाहिरिएका छन्। उनीहरुलाई सहमतिमा ल्याउन बुधबार दिनभरी जिल्ला प्रहरी कार्यालयमा छलफल भए पनि सहमति नजुटेको डीएसपी भावेश रिमालले बताए।-
August 23, 2018 3:38 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै