प्यूठानमा विङ्गर दुर्घटना, ४ जना गम्भिर घाईते
प्यूठान, ८ भदौ । प्यूठान जिल्लाको बाग्दुला देखि दाङको भालुवाङ तर्फ जाँदै गरेको भे १ ज ८४३ नंम्बरको विङ्गर आज बिहान सरुमारानी गाउँपालिका–४ बड्डडाडा नजिक दुर्घटना हुँदा चालकसहित ४ यात्रु गम्भिर घाइते भएका छन् । दर्भान–बड्डडाडा सडकखण्डको रातामाटामा विङ्गर दुर्घटना भएको हो।
दुर्घटनामा विङ्गर चालक देउखुरीको राप्ती गाउपालिका–२ का ३० वर्षिया मीनबहादुर नेपाली, माण्डवि–३ का ३५ वर्षीया मीनबहादुर खनाल, मरण्ठाना प्युठानका पुर्णबहादुर थापा र तुलसीपुर उपमहानगरपालिकाका–३४ वर्षीया खिमबहादुर विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । गम्भीर घाईते चार जनाको दाङको भालुवाङमा प्राथमिक उपचारपछि भैरहवा रिफर गरिएको उनले बताए।दुर्घटनाग्रस्त विङ्गरमा १४ जना यात्रु सवार रहेका थिए। प्रहरीका अनुसार ओरालो र घुमम्ती बाटोमा तिब्र गतिका कारण सो विङ्गर दुर्घटनामा परेको हो ।
August 24, 2018 12:23 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै