त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आझेलमा पार्ने ,पोखरामा बन्दैछ नेपालकै सुन्दर अन्तर्राष्ट्रिय विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ओझेलमा पार्ने गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेको छ । निर्माणको जिम्मा लिएको चाइना सिएएमसी इन्जिनियरिङको–अपरेसन लिमिटेडले काममा तीव्रता नदिएकाले धेरै अघि बढ्न नसकेको हो । एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋण हो ।
ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गानाइजेसनको मापदण्डअनुसार ‘४डी’ विमानस्थल बन्न लागेको हो । पोखरा विमानस्थल करिब २१ अर्ब ६१ करोडको आयोजनामा चाइनाको एक्जिम बैंकले लगानी गर्न लागेको हो । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्छन् ।
विमानस्थलको धावनमार्ग २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय टर्मिनल भवन, चारवटा बोर्डिङ कक्ष, ट्याक्सी वेलगायतका पूर्वाधार पनि बन्नेछन् । सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धा्रित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्त छ ।
पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले शुक्रबार पोखरा विमानस्थल कस्तो बन्नेछ भनेर एनिमेटेड भिडियो सार्वजनिक गरेका छन् । मन्त्री अधिकारीले ट्विटरमार्फत दुई मिनेट १५ सेकेन्डको विमानस्थलको भिडियो सार्वजनिक गरेका हुन् । एनिमेटेड भिडियो हेर्दा विमानस्थल निकै भव्य हुने देखिन्छ ।
August 24, 2018 2:17 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै