Tuesday 31st March 2026

सिभिल प्रहरी हुँ भन्दै सर्वसाधारण धम्क्याउने २४ बर्षीय युवक पक्राउ

8 years अगाडी

काठमाडौं , सिभिल प्रहरीको नक्कल गर्दै सर्वसाधारण धम्क्याउने २४ बर्षीय युवक पक्राउ परेका छन् । गोंगबु प्रहरी प्रभागको सिभिल प्रहरी हुँ भन्दै उनले सर्वसाधारण धम्क्याएका थिए ।पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ घर भइ माछापोखरी बस्दै आउने २४ वर्षीय बिज्ञान दाहाल रहेका छन् ।

दाहाललाई बिहीबार स्थानीय वासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलार्इ बुझाएका थिए । दाहालले काठमाडौं महानगरपालिका-२६, नयाँ बसपार्क मित्रनगरका सर्वसाधारणलार्इ सताइरहेको बताइएको छ । स्थानीयले प्रहरीलार्इ बुझाएपछि थप अनुसन्धान थालिएको छ ।

          August 24, 2018 2:32 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...