Tuesday 31st March 2026

उपत्यकासहित देशका विभिन्न ठाँउमा बिहानैदेखि भारी वर्षा

8 years अगाडी

काठमाडाैं, ९ भदाै । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा शनिबार बिहानैदेखी भारी वर्षा भएको छ । राती हल्का वर्षा भएको काठमाडौंमा बिहानदेखि भने भारी वर्षा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभरी मौसम बदली भइ धेरै ठाउँमा वर्षा हुनेछ । मध्य र पश्चिम क्षेत्रमा आज भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताए ।

उनका अनुसार राती पश्चिमको केही ठाउँमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ । अाइतबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुने र सोमबारबाट भने यो क्रम रोकिने उनको भनाइ छ ।

          August 25, 2018 10:44 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...