इलाम बासीको लागी खुशिको खबर इलाममा नौँ करोड ३८ लाख लागतमा सिटी मार्ट’बन्दै
पा्रप्त जानकारी अनुसार इलाममा सिटी मार्ट निर्माण भएको छ । जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो ।इलाम नगरपालिका र नेपाल सरकारको रु नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।
भवनमा ९२ सटर, दुई लिफ्ट र चौथो तलामा स्टिलको ट्रस बनाएर त्यसमा तरकारी तथा मासु पसल राखिने नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले बताउनुभयो । भवन निर्माणका लागि निर्माणस्थलमा रहेका कपडा र तरकारी पसल हटाइसकिएको छ ।
नगर प्रमुख महेश बस्नेतले शुक्रवार शिलान्यान गर्नुभएको सो भवन आगामी ०७६ चैत ३० सम्ममा निर्माण भइसक्ने लक्ष्य लिइएको छ । निर्माणको जिम्मा विकोइ भगवती जेभीले लिएको छ । हरितनगर र सफा शहरका लागि व्यापारिक प्रयोजनको यो भवनको निर्माणले थप सहयोग पु¥याउने अपेक्षा लिइएको छ । इलामलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न यो आधुनिक भवनले सहयोग पु¥याउने बताइएको छ ।
August 25, 2018 10:56 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै