पासाङल्हामु राजमार्ग पहिरोले अवरुद्ध
8 years अगाडी
Susma Dhakal
नुवाकोट । पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ।शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन्। सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र परेका एक यात्रु नवराज घिमिरेले जानकारी दिए।
“माथिबाट डाँडै खसेको छ, ठूला–ठूला ढुङ्गा बगेर आएका कारण ५० मिटरजति सडक पुरिएको छ” उनले भने।आज बिहानबाट पहिरो पन्छाउने काम शुरु भएको वडा नं ४ का वडाध्यक्ष दीपेश लामाले जानकारी दिए। उक्त राजमार्गको स्तरोन्नति गर्ने क्रममा सडकको भित्ता काटिएकाले बर्खा लागेसँगै ठाउँठाउँमा साना–ठूला पहिरो गएर पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ।
August 25, 2018 11:21 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...