Tuesday 31st March 2026

बाघले आक्रमण गरेपछि १ जनाको मृत्यु

8 years अगाडी

चितवन । माडी नगरपालिका–९ गोविन्दबस्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोबिन्दवस्ती निवासी ५६ वर्षीय जीतबहादुर राई रहेका छन् । राई बिहीबार गाई बस्तु चराउनका लागि गोविन्देश्वर सामुदायिक वनमा गएका थिए ।

वस्तु चराउन गएका राई साँझ अबेरसम्म घर नआएपछि खोजतलासका क्रममा आज बिहान ११ बजे शब भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

          August 25, 2018 11:43 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...