सलमान र कट्रिनाको जोडी फेरी जम्दै, सलमानले ट्वीटरबाट गरे कट्रिनाको बयान
बलीउडमा अहिले अभिनेता सलमान खानको ट्विटको चर्चा खुब चलिरहेको छ । सलमानले आफ्नो पुर्व प्रेमिका कटरिना कैफको बारेमा गरेको ट्विटले चर्चा पाएको हो । ‘एक सुन्दर र सुशील केटी जसको नाम कट्रिना केफ हो ।’ सलमान खानले सोमबार राति ट्वीटरमा लेखेका छन्, ‘तपाईँलाई भारतको जीन्दगीमा स्वागत छ ।’
फिल्म ‘भारत’ मा सलमान खान, कट्रिना कैफबाहेक दिशा पटानी, तब्बू र सुनील ग्रोवर मुख्य भूमिकामा देखिनेछन् । अभिनेत्री दिशा पटानी यस फिल्ममा सलमान खानकी बहिनीको भूमिका निर्वाह गर्दैैछिन् । सलमान र कट्रिना पाँचवटा भिन्दा भिन्दै लुकमा देखिँदैछन् ।
सलमान र कट्रिनाको जोडी बलीउडमा सुपरहिट जोडी हो । यी दुईजनाको जोडी बक्सअफिसमा खुब जमेको थियो । सलमानको ट्वीटलाई उनी र कट्रिनाबीचको प्रेम सम्बन्धलाई जोडेर हेरिँदैछ । यस कुराको प्रमाण फिल्म ‘टाइगर जिन्दा हे’ लाई लिन सकिन्छ । जुन फिल्मले बक्स अफिसमा करोडौंको व्यापार गरेका थियो ।
August 25, 2018 4:36 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले