

यी हुन् महाभारतका मायावी र रहस्यमयी योद्धा

महाभारतमा को भन्दा को कम योद्धा थिए जो शक्तिशाली त थिए नै, तिनमा विचित्र किसिमका सिद्धि एवं चमत्कारहरू समेत लबालब भरिएका थिए । श्रीकृष्ण त स्वयं भगवान विष्णु नै थिए, तर उनका अगाडि जो जो योद्धा लडिरहेका थिए ती पनि कसैभन्दा कम थिएनन् । कुरुक्षेत्रको युद्धमा यी योद्धाहरूले आफ्ना मायावी एवं चमत्कारी क्रियाकलापले इतिहास नै रचेका थिए ।
सहदेव : पाण्डुपुत्र सहदेव भविष्यमा हुने हरेक घटना पहिल्यै थाहा पाउन सक्थे । महाभारतको युद्ध हुनेवाला छ र कसले कसलाई मार्छ र कसले जित्छ भन्ने सबै कुरा सहदेवलाई पहिल्यै थाहा थियो । तर, भगवान कृष्णले सहदेवलाई यो कुरा अरु कसैलाई बताएमा तिम्रो तत्काल मृत्यु हुनेछ भन्ने श्राप दिएका थिए । यसैकारण उनले यो कुरा कसैलाई बताएनन् ।
बर्बरीक : बर्बरीक संसारकै सर्वश्रेष्ठ धनुर्धर थिए । भीमसेनका नाति तथा घटोत्कचका पुत्र बर्बरीकका लागि तीन बाण नै पर्याप्त थियो । तीन वाणबाटै उनी कौरव तथा पाण्डवका सबै सैनिक क्षणभरम समाप्त गरिदिन सक्थे । युद्ध मैदानमा बर्बरीकले दुवै पक्षको बीचमा पर्ने एक पीपलको रुखमुनि उभिएर जसले हार्नेछ म उसैतिर लाग्नेछु भनी घोषणा गरेका थिए । तर कृष्णले पाण्डव पक्षको जीत सुनिश्चित गर्नका लागि छलपूर्वक बर्बरीकको टाउकको मागेर उनलाई ठेका लगाइदिएका थिए । भारतका कतिपय प्रान्तमा बर्बरीकलाई खाटु श्यामका नामले पुजिन्छ ं।
सञ्जय : महाभारतका सञ्जय वेदादि विद्याको अध्ययन गरेर धृतराष्ट्रको राजसभामा सम्मानित मन्त्री बनेका थिए । हिजोआजको भाषामा भन्दा उनी टेलीपैथिक विद्यामा पारंगत थिए । भनिन्छ, गीताको उपदेश दुईजनाले सुने, एक अर्जुन र अर्को सञ्जय । उनी सयौं किलोमीटर टाढा बसेर धृतराष्ट्रलाई युद्धक्षेत्रको हालखबर सुनाउँथे ।
अश्वत्थामा : गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामा हरेक विद्यामा पारंगत थिए । उले चाहेको खण्डमा पहिलो दिनमै युद्ध अन्त गरिदिन सक्थे तर कृष्णले यस्तो हुन दिएनन् । कृष्णलाई द्रोणाचार्य र अश्वत्थामाको जोडीले एकसाथ युद्ध गरे भने छिटै युद्ध सक्नसक्थे भन्ने कुरा बुझेका थिए तसर्थ उनले त्यसो हुन दिएनन् । यी दुईका साथमा अति संहारक क्षमता भएका अस्त्रशस्त्र थिए, तैपनि कृणनीतिका अघि उनीहरूको बुता चलेन । कृण्णकै नीतिको चंगुलमा फसेर द्रोणाचार्यको वध गराइदिए ।
कर्ण : कर्णसँग जन्मजात दिव्य कवच कुण्डल थियो । इन्द्रले छलपूर्वक उक्त कवचकुण्डल हात नलगाएका भए, कर्णले इन्ऽद्वारा दिइएको अमोघ अस्त्र घटोत्कचमाथि प्रयोग नगरेर अर्जुनमाथि गरेको भए महाभारत युद्धले अर्कै मोड लिने थियो । कर्णसँग दिव्य कवच कुण्डल हुनुले उनी रहस्यमयी व्यक्ति हुन् भन्ने पुष्टि हुन्छ ।
भीमसेन : वायु पुत्र भीमसेनमा बीस हजार हात्तीको बल थियो । महाभारत युद्धमा उनीभन्दा बलशाली योद्धा उनकै शक्तिशाली पुत्र घटोत्कच थिए । घटोत्कचको छोरा बर्बरीक थिए । भीमसेनले दुर्योधनको तिघ्रा भाँचेका थिए भने यसअघि अर्का शक्तिशाली योद्धा जरासन्धको वध गरेका थिए ।
घटोत्कच : भनाइअनुसार भीमसेनका पुत्र घटोत्कचको शरीर यति ठूलो थियो कि उनी लत्तीले हिर्काइर रथलाई समेत निकै टाढा मिल्काइदिन सक्थे । सैनिकहरूलाई आफ्नो पाइतालामुनि दबाइदिन्थे । भीमसेनकी पत्नी हिडिम्बाको कोखबाट जन्मिएका हुनाले घटोत्कचमा राक्षसहरूको जस्तो मायावी शक्ति तथा क्षत्रियहरूको जस्तो शूरवीरता एवं अदम्य साहस थियो ।
अभिमन्यु : अभिमन्युले आफ्नी आमा सुभद्राको गर्भमा छँदै सम्पूर्ण युद्ध विद्या सिकेका थिए । उनले आमाको गर्भमा रहँदै चक्रव्यूह तोड्ने कला सिकेका थिए । तर उनले चक्रव्यूह तोड्ने कला पूर्ण रूपले नभई अधुरो मात्र सिकेका थिए किनभने बाबु अर्जुनले उक्त कुरा सुनाइरहँदा आमा सुभद्रा निदाएकी थिइन् ।
भीष्म : कुरुकुलका महाराज शान्तनु एवं गंगाका पुत्र भीष्मको नाम देवव्रत थियो । आजीवन ब्रह्मचर्य रहने कठोर प्रतिज्ञा गरेका कारण उनको नाम भीष्म भएको हो । उनले आप\mना पिताबाट इच्छामृत्युको वरदान प्राप्त गरेका थिए । उनी स्वर्गका आठ वसुमध्ये एक थिए । उनी वशिष्ठको श्रापका कारण मनुष्य योनिमा जन्मिएका थिए । उनी महाभारतका अपराजेय योद्धा हुन् जोसँग अनेकौं सिद्धि एवं विशेष शस्त्रास्त्र थिए ।
दुर्योधन : दुर्योधनको शरीर वज्रजस्तो कठोर थियो जसलाई कुनै पनि वाण वा अन्य हतियारले छेड्न सकिँदैनथ्यो । तर कृष्णको चलाखीका कारण उनको तिघ्रा भने प्राकृतिक थियो अर्थात् शरीरको अन्य भागको तुलनामा कमजोर थियो । त्यसैकारण भीमसेनले दुर्योधनको दुवै तिघ्रा भाँचेर उनलाई पंगु बनाइदिएका थिए ।
जरासन्ध : जरासन्ध अत्यन्त बलवान् योद्धा हुनुका साथै अनेकौं मायावी शक्तिको स्वामी थिए । उनको शरीर दुई फ्याँक पार्दा समेत पुनः जोडिन्थ्यो अर्थात् उनी केही गरी पनि मर्दैनथे । श्रीकृष्णले भीमसेनलाई ईशारा गरी दुई फ्याँकलाई दुई विपरीत दिशामा फाल्न लगाएपछि भने जरासन्धको मृत्यु भएको थियो ।
बलराम :बलको कुरा गर्ने हो भने बलराम उक्त युगका सबैभन्दा शक्तिशाली व्यक्ति थिए । उनी महाभारत युद्धमा सामेल भएका भए सेनाको आवश्यकता पर्दैनथ्यो । बलबान्हरूमा श्रेष्ठ भएकै कारण उनलाई बलभद्र पनि भनिन्छ । बलरामको सम्बन्ध दुवै पक्षसँग उत्तिकै घनिष्ठ भएका कारण उनले युद्धमा भाग लिएनन् । बलराम यति बलशाली थिए कि एक पटक उनले आप\mनो हलोले पूरै हस्तिनापुरलाई उल्ट्याएर नदीमा हालिदिन खोजेका थिए ।
इरावान
किंवदन्तीअनुसार अर्जुनको छोरो इरावनको युद्धमा बलि दिइएको थियो । बलि दिनुअघि उनको अन्तिम इच्छा विवाह गर्नु थियो । तर मारिन लागेको मानिससँग कुनै युवतिले पनि विवाह गर्न तयार हुने स्थिति भएन त्यसैले भगवान कृष्णले मोहिनी रूप धारण गरी इरावनसँग विवाह गरेका थिए । भारतमा अहिले इरावनलाई किन्नर अर्थात् तेस्रोलिंगीहरूले देवताका रूपमा पुज्छन् ।
एकलव्य
एकलव्य आफ्नो विस्तारवादी सोचका कारण जरासन्धका मित्र भएका थिए । जरासन्धले मथुरामाथि आक्रमण गर्दा एकलव्यले लगभग सम्पूर्ण यादव सेनाको विनाश गरिदिएका थिए । यो कुराको उल्लेख विष्णु पुराण एवं हरिवंश पुराणमा पाइन्छ । महाभारत युद्धअघि कृष्णले एकलव्यलाई सिध्याइदिएका थिए अन्यथा उनले कुरुक्षेत्रमा समेत विध्वंश मच्चाइदिनसक्थे । महाभारत युद्धमा एकलव्यका पुत्र केतुमान कौरवका पक्षबाट लडेका थिए जसलाई भीमसेनले मारिदिएका थिए ।
शकुनी
शकुनी मायावी थिए । उको पासा सदैव उनको कुरा मान्दथ्यो । युद्धमा पनि शकुनीले श्रीकृष्ण एवं अर्जुनलाई मोहित तुल्याएर उनीहरूमाथि भयंकर मायाको प्रयोग गरेका थिए । शकुनीको मायाका कारण अर्जुनमाथि हजारौं हिंस्रक पशुले आक्रमण प्रयास गरेका थिए । आकाशबाट गोला तथा पत्थर खस्दथे । चारैतिरबाट अनेक तरहका अस्त्रशस्त्र आइरहेका थिए । अर्जुनले यो मायालाई दिव्यास्त्रको प्रयोग गरेर निष्फल तुल्याइदिए ।
माथि उल्लेख गरिएका बाहेक भूरिश्रवा, सात्यकी, युयुत्सु, नरकासुरको पुत्र भगदत्त आदि अन्य थुप्र योद्धा थिए जोसँग विशेष प्रकारका मायावी शक्ति थियो ।
August 26, 2018 11:37 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

