निर्मला हत्या प्रकरणः अम्बाको बोट जो ढल्यो !
काठमाडौँ, १० भदौ । निर्मलाको मृत शरीर उखुबारीमा फेला प-यो । उनको शरीर भिजेको थियो । एउटा चप्पल पनि त्यही भेटियो । सँगै भेटियो, उनले कोठाबाट लिएर गएको बिज्ञान बिषयको पुस्तक ।घटना भएको भनिएको रात मुसलधारे पानी परेको छ । तर, पुस्तक भिज्न सकेको छैन । मृत भेटिएकी निर्माणको शरिर पुरै पानीले भिज्नु तर, पुस्तक नभिज्नु कसरी हुन सक्यो ?
कतै पुस्तक पछि लगेर फालिएको त होइन ? यस तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत भएन । –निर्मालाको शवसँगै अम्बाका केही दाना पनि वरामद भए । प्रहरीले मुलुल्कामा अम्बा भेटिए पनि उल्लेख गर्यो । घटना भएको केही दिनपछि अम्बाको प्रसंग उठ्यो ।
यस बिषयमा प्रहरीले बबितासँग सोधपुछ गर्यो । हाम्रो घरमा अम्बाको झाङ थियो ।त्यहीँबाट टिपेर उसलाई दिएको बताइन् । तर, बबिताको घरमा घटना भएको ६ दिनपछि अम्बाको झाङ काटेर मिल्काई सकिएको छ । उक्त अम्बाको झाङ एकाएक किन काटियो ? प्रहरीको अनुसन्धान यस तर्फ पनि मोडिएन ।
August 26, 2018 1:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै