उपत्यकामा तीन दिन जोर विजोर नम्बर प्रणाली लागू
काठमाडौं। सरकारले चौथो मिबस्टेक सम्मेलनलाई मध्यनजर गर्दै आगामी बुधबार र शुक्रबार राजधानीमा विजोर नम्बरका सवारी साधनमात्र गुडाउने दिने निर्णय गरेको छ।यसैगरी १४ गते भने जोर नम्बरका सवारी साधन मात्र गुड्न पाउने भएका छन्। सरकारले बिमस्टेक सम्मेलनका क्रममा सरकारले १३ देखि १५ गतेसम्म तीन दिन राजधानीमा सबै निजी तथा भाडाका सवारी साधानलाई जोर विजोर प्रणाली अनुसार चलाउने निर्णय गरेको हो।
नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ । ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ९१,३,५,७,९० भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ९०,२,४,६,८० भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ। यसअघि काठमाण्डौमा सार्क शिखर सम्मेलन हुँदा पनि सवारी साधनमा जोर–विजोर नम्बर प्रणाली लागु गरेको थियो ।
August 26, 2018 3:50 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै