Tuesday 31st March 2026

भीमदत्तनगरमा पुनः कर्फ्यु

8 years अगाडी

भीमदत्तनगर, १० भदौ । कञ्चनपुरको भीमदत्तनगरमा आज पुनः कर्फ्यु लगाइएको छ । भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर अाइतबार बिहान १० बजेपछि पुनःकर्फ्यु लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको थियो ।

अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् । शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो ।

          August 26, 2018 4:26 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...