

व्यस्त भएर के भो, यसरी रोमान्टिक बनाउन सकिन्छ सम्बन्ध

पारिवारिक खर्चको आकार बढेको छ । दैनिक गुजारादेखि चाडपर्व, घुमफिर, मनोरञ्जन, औषधी-उपचार, शिक्षा-दिक्षा जस्ता कुराले खर्च बढाइदिएको छ । यस्ता खर्च व्यवस्थापनका लागि घरमा एक जनाको कमाई मात्र पर्याप्त छैन ।श्रीमान् कमाउने र श्रीमति भात-भान्सा सम्हाल्ने पुरातन संरचना अहिले परिवर्तन भएको छ । पारिवारिक खर्च टार्ने र भविष्यका लागि आवश्यक रकम जगेर्ना गर्ने हेतुले श्रीमान् र श्रीमति दुबै आय-आम्दानीको काममा भाग लिन थालेका छन् । अर्कोतिर महिलाहरु भान्सामा मात्र सीमित हुनुहुन्न भन्ने चेतनाले पनि उनीहरुलाई भान्साको चौघेराबाट बाहिर निकालेको छ ।यसरी श्रीमति पनि आयआर्जनमा लागेपछि पारिवारिक जीवन सहज हुने मात्र होइन, श्रीमान् नै हावी हुने भय पनि रहन्न । यसले आर्थिक जीवन मात्र होइन, मानसिक जीवन पनि सहज हुँदै गएको अवस्था छ । तर, यसको साइड इफेक्ट पनि छ ।
कामकाजी दम्पतीको साइड इफेक्ट : जब श्रीमान् र श्रीमति दुबै जागिर खान थाल्छन्, कामधन्दामा लाग्छन्, आयआर्जनको बाटोमा लाग्छन्, उनीहरुवीचको सामिप्यता स्वत कम हुन्छ । दुबै विहान उठ्नसाथ हतार-हतार खानपान गरेर घरबाट बाहिरिन्छन् । दिनभर आ-आफ्नै काममा व्यस्त हुन्छन् । र, साँझ घर र्फकन्छन् । यतिबेला दुबै थकित हुन्छन् । अझ अवस्था के छ भने, श्रीमति दिनभर काम गरेर फर्किएपनि पुन भात-भान्सा सम्हाल्नुपर्ने हुन्छ । उनीहरु हतार हतार खाना पकाउन, भाँडावर्तन सफा गर्नमा लाग्छन् ।
यस्तो अवस्थामा श्रीमान् र श्रीमतिबीचको संवाद पनि पातलिन्छ । अर्कोतिर उनीहरुले आफ्ना बालबच्चासँग खेल्ने समय पनि पाउँदैनन् ।श्रीमान् र श्रीमति दुवै जागिरे हुँदा घरको आम्दानी बढेपनि एउटा कुराको भने कमी हुन्छ, त्यो हो एक अर्काको लागि पर्याप्त समय । भन्नुको अर्थ दुवै यति धेरै व्यस्त हुन्छन् कि एकअर्का संगै बिताउने पर्याप्त समय नै मिल्दैन ।
अझै पनि पति पत्नीमै निर्भर छन् : नेपाली समाजमा घरको मुली पुरुष भए पनि उनीहरु हरेक स-साना कुराको लागि पनि श्रीमतिमा निर्भर रहन्छन् । धेरै पतिहरु आफ्नो नीजि आवश्यकताहरुको लागि समेत पत्नीमा निर्भर हुन्छन् ।पत्नी विचराले कति ध्यान राखोस् ? बच्चा, सासुससुरा वा पतिको ध्यान दिने कि आफ्नै अरु काम गर्ने ? धेरै पतिले आफ्नो ससाना कामको लागि पनि पत्नीमाथि हुकुम चलाउन थाल्छन् र पत्नीलाई तत्काल पतिको सेवामा हाजिर हुन पर्छ अन्यथा पतिको परवाह नभएको भनेर गाली सुन्न पर्छ ।
कामकाजी महिलाहरु कामको बोझले यति थिचिएका हुन्छन् कि उनीहरु स्वयम् खुसी हुन पाउँदैनन् ।पत्नीले आफ्नो पतिको सबै आवश्यकताहरुलाई ध्यान राख्छिन् फेरि पनि किन प्रताडित हुन्छिन् ? पतिले के आफ्नो पत्नीका सबै इच्छा, भावनाहरु र आवश्यकताहरुलाई ध्यान दिएर उनलाई खुसी राख्न हुँदैन । के कार्यालयको कामले पति मात्रै थाक्छन् पत्नी थाक्दिनन् ?
एक अर्कालाई बुझ्ने प्रयास गर्नुहोस् : कामकाजी श्रीमान्-श्रीमतिले एक अर्कालाई मनपर्ने र मननपर्ने कुराहरु, एकअर्काको व्यस्तता र बाध्यतालाई बुझ्नु पर्छ तबमात्रै दाम्पत्य जीवन सुखी हुन्छ ।कामकाजी दम्पतीले धेरैपटक कतै जाने कार्यक्रम बनाउँछन् तर एकजनालाई कार्यालयबाट छुट्टी मिल्दैन र यात्रा नै स्थगित गर्न पर्छ । यस्तोमा दुवैले यसलाई सहज रुपमा लिनुपर्छ ।
यसैगरी बेलुका कुनै पार्टीमा जाने कार्यक्रम बनेको छ तर श्रीमान् श्रीमतिमध्ये एकलाई कार्यालयमा कामको चापको कारणले आउन ढिलो भयो भने उसको यो वाध्यता बुझ्न पर्छ ।कामकाजी दम्पतीहरुमा कार्यालयको तनाव पनि रहन्छ । कसैको हाकिम रिसउठ्दो हुनसक्छ, यस्तोमा हाकिम दबाब प्रताडना झेलेर जब श्रीमान् वा श्रीमति घर आउँछन् उनीहरु आफ्नो रिस आफ्नो जीवनसाथी वा बच्चामा उतार्न सक्छन् । उनीहरुले यस्तो नगरेर एक अर्काको समस्या र तनावको बारेमा छलफल गर्नुपर्छ । यदि उनीहरुले एक अर्कालाई साथी मानेर आफ्नो समस्याको बारेमा खुलेर कुरा गरेमा भने तनाव धेरै कम हुन्छ ।
समय व्यवस्थापन गर्नुहोस् : दम्पतीमा धेरैपटक केही कुरा गर्न एकलाई मन लागेको हुन्छ तर अर्कोलाई हुँदैन । श्रीमान् वा श्रीमतिले फिल्म हेर्ने, सपिङ गर्ने, होटलमा खाना खाने होस् वा कतै घुम्न जाने इच्छा गरेमा आफूलाई मन नभए पनि उनीहरुको खुसीको लागि आफू तयार हुनुपर्छ ।त्यसलाई अन्यथा नलिइ एकअर्काको भावनाहरुको कदर गर्न सिक्नुपर्छ । कहिल्यै पनि एक अर्कासँग केही निर्णय गर्दा सर्तहरु थोपर्न थालियो भने त्यसले सम्बन्धमा असर गर्न सक्छ ।कामकाजी दम्पतीले एक अर्कासँग त्यति नै अपेक्षा राख्नुपर्छ जुन पुरा गर्न उनीहरुलाई पनि समस्या नहोस् ।
श्रीमान् श्रीमति दुवै जागिर खाने दम्पतीहरुले एक अर्कासँग बिताउन थोरै समयमात्रै निकाल्न सक्छन् । त्यसैले कामकाजी दम्पतीहरुलाई जति समय सँगै गुजार्नको लागि मिल्छ यसलाई हाँसी खुसी बिताउनपर्छ ।थोरै मात्रै मिलेको समय पनि लडाइझगडा वा तानातानीमा बित्यो भने रमाइलो हुँदैन । त्यसैले यो महत्वपूर्ण समयलाई नष्ट नगर्नुहोस् । घर र बाहिरको केहि जिम्मेवारीलाई आपसमा बाँड्नुहोस् । पतिले पनि घरको केही काममा पत्नीलाई सघाउनुहोस् ।जसको लागि जुन काम सजिलो हुन्छ त्यो जिम्मेवारी आफ्नो जिम्मामा लिएमा कुनै एकमा मात्रै भार पर्दैन ।
कामकाजी दम्पतीको ब्यस्तता धेरै हुने भएपनि उनीहरुले समयव्यवस्थापन गरेर आफ्नो दाम्पत्य जीवनलाई राम्रोसँग निर्वाह गर्न सक्छन् ।यदि दुवैको साथमा एकअर्काको लागि समय नभएमा दुवैको कमाईको मात्रै कुनै फाइदा हुँदैन । त्यसले उनीहरुले एक अर्काको लागि समय निकाल्नै पर्छ । यसले दाम्पत्य जीवन सुखमय हुन्छ ।
August 28, 2018 2:46 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

