छात्रामाथि मध्यरातमा यौन दुर्व्यवहार गरेको आरोप, ‘कसैले फसाउन खोजेको हो’: प्राचार्य
बुटवल, भदौ । बुटवल उपमहानगरपालीका–११ नहरपुरस्थित ज्ञानपुञ्ज सकेण्डरी बोर्डिङ्ग स्कुलका प्रधानाध्यापकमाथि बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । कक्षा १० मा पढ्ने एक छात्रालार्इ एक्लै बाेलाउने, गाेप्य अंगहरू छुइदिने, मध्यरातमा यौन दुर्व्यवहार गर्न खाेजेकाे आरोपमा विद्यालयका प्राचार्य तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटबलले पक्राउ गरेको हाे ।
रातको १२ बजे होस्टलको रुममा प्राचार्य पौडेल आउने गरेको र दुर्व्यवहार गर्ने गरेको पीडित छात्राको बयानपछि प्रहरीले प्राचार्यलाई पक्राउ गरेको हो । ती छात्राले अाफ्ना अभिभावकलार्इ बताएपछि अन्य छात्राहरूले पनि अाफूहरू प्राचार्य पाैडेलबाट पीडित बनेकाे खुलाएका थिए यौन दुव्र्यवहार गर्न प्राचार्य पौडेललाई कारबाहीको माग गर्दै अभिभावकहरुले अाज विहानैदेखि विद्यालय प्रांगनमा नाराबाजी गरेका थिए ।
यता प्राचार्य पौडेलले भने आफूलाई फसाउन खोजिएको बताएका छन् । कोही कसैलाई सामान्य हातमा छोइएको भएमा त्यसैलाई यत्रो ठूलो विषय बनाई आफूमाथि झुठो आरोप लगाइएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिएका छन् ।
August 30, 2018 12:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै