Monday 30th March 2026

बाँकेमा ६ वर्षीय बालिका बलात्कृत, बालिकाको योनिबाट रगत बगेपछि अस्पताल भर्ना

8 years अगाडी

बाँके, १५ भदौ । पछिल्लो समय जताततै बलात्कारका घटना सार्वजनिक भईरहेका बेला बाँकेको कोहलपुरमा ६ वर्षीय बालिका बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका १ की ६ वर्षिया मुस्लिम बालिका बलात्कारको शिकार भएकी हुन् । भारत उत्तर प्रदेश रायबरेली घर भई हाल कोहलपुर नगरपालिका ४ मदनचोक बस्दै आएका १९ वर्षीय हारुन खानले मंगलबार दिउँसो बालिकालाई बलात्कार गरेको इप्रका कोहलपुरले जनाएको छ ।

कोहलपुर ३ मा घुम्तीमा किराना पसल गर्दै बालिकाकी आमासँग रहेकी बालिकालाई घरमा पुर्याइदिने बाहानामा खानले साइकलमा राखेर आफ्नो घरमा लगेर बलात्कार गरेको उनको भनाई छ ।बलात्कारमा परेकी बालिकाको योनिबाट रगत बगेकोले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना गरिएको छ ।बलात्कारका आरोपी खानलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

          August 31, 2018 11:19 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...