प्रियंकाको ठाउँमा कट्रिना ल्याउँदा ‘भारत’को स्क्रिप्ट फेरियो, यसकारण फिट भइनन् कट्रिना
मुम्बइ। सलमान खानको आगामी फिल्म भारतको माल्टामा भइरहेको सुटिङ पूरा भएको छ । यो फिल्ममा सुरुमा प्रियंका चोपडालाई सलमानको अपोजिट रोलमा राख्ने तयारी गरिए पनि प्रियंकाले बीचैमा फिल्म छोडेपछि त्यो रोल कट्रिना कैफलाई दिइएको थियो । सूत्रका अनुसार प्रियंकाको ठाउँमा कट्रिनालाई ल्याएपछि फिल्मको स्क्रिप्ट नै फेर्नुपरेको थियो । सलमानले केही समयअघि फिल्मको स्क्रिप्ट फेर्न लगाएका थिए ।
फिल्मको मूल कथाअनुसार फिल्मका हिरोले एक युद्धका क्रममा आफ्नो एक खुट्टा गुमाउँछन् । तर सलमान र निर्देशक अली अब्बास जफरले यो दृश्यलाई हटाएका थिए । पछिल्लो जानकारीअनुसार फिल्ममा कट्रिना कैफ आएपछि स्क्रिप्ट पुनः बदलिएको छ । पहिलेको स्क्रिप्टअनुसार फिल्ममा प्रियंका चोपडाले एक उत्तर भारतीय युवतीको भूमिका निभाउँदै थिइन् । कट्रिना आएपछि यो स्क्रिप्टलाई पुनः उनको हिसाबले फेरिएको छ । यो फिल्म कोरियन फिल्म ‘ओड टू माइ फादर’बाट प्रेरित छ ।
August 31, 2018 11:43 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी