हिसिला जाममा फसेपछि मध्यरातमा बाबुरामको आक्रोश
काठमाडौं, १७ भदौ । शनिबार साँझ नागढुंगा-नौबिसे सडक खण्ड घन्टौं अवरुद्ध भयो । बीच सडकमा केही सवारी साधन बिग्रिएपछि हजारौं यात्रुहरु अलपत्र परे । एम्बुलेन्स समेत घन्टौंसम्म जाममा परे । सँगसँगै जाममा फसे नयाँ शक्ति पार्टी, नेपालका कार्यालय सदस्यहरुसहित नेतृ हिसिला यमी ।
प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण सकेर फर्किएकी नेतृ यमी लामो समय जाममा फसेपछि आक्रोशित बनेका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आक्रोशित हुँदै ट्वीट गरे । उनले शनिबार राति लेखे, ‘झण्डै ३ घन्टादेखि नागढुंगाबाट निकै तलसम्म भयंकर सडक जाम छ । हिसिला यमीसहित नयाँ शक्तिको हेडक्वार्टर टिमलगायत हजारौं यात्रु अलपत्र छन् ।’
जाममा अलपत्र पर्नेहरुको पीडा उल्लेख गर्दै उनले अगाडि लेखे, ‘बिरामी, बयोवृद्ध र बालबच्चाको के हाल होला ? विचरा लोकल ट्राफिक प्रहरी निरीह छ ।’ सरकारप्रति आक्रोश पोख्दै उनले अगाडि थपे, ‘एउटा वैकल्पिक बाटो अस्थायी भए पनि किन बन्दैन ? खालि रेल/पानी जहाजका सपना !’
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै