पार्टी प्यालेसमा कुहिएको मासु
काठमाडौं, भदौ । घरमा साँघुरो हुने भएपछि सामान्य भोजका लागि पनि पार्टी प्यालेसको मुख ताक्ने हाम्रो बानी भइसक्यो । विभिन्न संघसंस्था र राजनीतिक दलका कार्यक्रमहरु पनि पार्टी प्यालेस तथा बैंक्वेटहरुमै हुन्छन् । त्यसमा पनि नजिकिँदो तीजसँगै तीज आउनु एक महिनाअघि देखि नै पैसा उठाउने र विभिन्न पार्टी प्यालेसहरु बुकिङ गरी भोज भतेर गर्ने, बैंक्वेट कल्चरको प्रचलन नै भएको छ । त्यस्ता भोजका शौखिनहरुलाई राजधानीको नाम चलेको एउटा पार्टी प्यालेसले गतिलो झापड दिएको छ ।
राजधानीको नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’मा एक सहकारीको साधारणसभा चल्दै थियो । करिव तीन सय जनाका लागि तयार पारिएको मासु कुहिएको फेला परेको छ । खानेकुराबाट शंकास्पद गन्ध आएपछि उपस्थित पाहुनाले प्रहरीलाई खबर गर्यो ।
उपभोक्ताकर्मीको टोली प्रहरीसहित त्यहाँ पुगेपछि वास्तविकता छताछुल्ल भयो । त्यहाँ पकाइएका खानाहरु बासी, कुहिएका मासु, कुहिएका आलु, साग, सलादहरुसमेत भेटिए भने खाना पकाउने स्थान समेत अत्याधिक फोहोर भेटियो । लगतै आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीलाई बोलाइयो । सरकारी टोली पुगेपछि बैंक्वेटका सञ्चालक राजु महर्जनले बासी खानेकुरा र मासु खुवाएकोमा गल्ती स्वीकारेका छन् । सरकारी टोलीले बैंक्वेटमा सिल गरेको छ ।
September 2, 2018 11:04 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै