नयाँ शक्ति कतारको प्रथम अधिवेशन, नेतृत्वमा परियार
दोहा, १७ साउन । नयाँ शक्ति निकट प्रवासी नेपालीको संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।पार्टीका सचिवालय सदस्य तथा प्रवास ईञ्चार्ज देवेन्द्र पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले देव परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । भदौ १५ गते दोहामा सम्प्नन्न अधिवेशनले उपाध्यक्षमा मनोज दाहाल, अनिल परियार, अब्दुल करिम मियालाई निर्वाचित गरेको छ भने महासचिवमा मान बहादुर डाँगी, सचिवमा नवराज लामिछाने, कोषाध्यक्षमा राम्जी सुवेदी र सहकोषाध्यक्षमा राजु परियारलाई चयन गरेको छ ।
त्यसैगरी प्रवक्तामा निर्वाचित सन्तोष तिमल्सिनासहित ३१ सदस्यीय नवनिर्वाचित कमिटीलाई निर्वाचन समितिका संयोजक तथा समाज कतारका पूर्वईञ्चार्ज शिवराज भट्टराईले शपथ ग्रहण गराए । अधिवेशनबाट लगानी तथा विज्ञ परिषद संयोजकमा कमल घिमिरे, सल्लाहकार संयोजकमा दुर्गा सुनार, प्रशिक्षण विभाग प्रमुखमा सिसि सुवेदी, खेल विभागमा टेक प्रसाद गोतामे (जेकी), संगठन विभागमा रमेश सिंह खाती, महिला विभागमा मेनुका श्रेष्ठलाई निर्वाचित गरेको छ । अधिवेशनले कतारका विभिन्न ईकाई र विभागहरुमा नेतृत्व चयन गरेको छ ।
अधिवेशनको उद्घाटन सत्रमा नयाँ शक्तिका सचिवालय सदस्य तथा प्रवास ईञ्चार्ज देवेन्द्र पराजुलीको प्रमुख आतिथ्य र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका सदस्य विमल सुवेदी, संस्थाका सल्लाहकार दुर्गा सुनार, शिवराज भट्टराई, ध्रुव क्षेत्री, गैरआवासीय नेपाली संघ कतारका द्वितीय उपाध्यक्ष सुदर्शन भट्ट, सामाजिक अभियन्ता बिनोद बसौला, नारायण विष्ट, गणेश बञ्जाडे, लाल भट्ट, ओमराज गुरुङ, सूर्य गुरुङ, नन्द ढुंगाना लगायतको आतिथ्य रहेको थियो ।अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पराजुलीले २१औं शताब्दीको बदलिंदो परिवेश र नेपाली समाजको आवश्यकताअनुसारको समतामुलक समृद्धिको दिशामा देशलाई लैजान युवाहरुले विशेष भूमिका खेल्नुपर्ने बताए ।
September 2, 2018 12:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै