Monday 30th March 2026

नेपालगञ्ज हुँदै भारतबाट भित्रिन्छन् रोगी कुखुरा

8 years अगाडी

बाँके । भारतबाट अवैध तरिकाबाट नेपालगन्ज भित्र्याइएको ठूलो परिमाणको बोइलर कुखुरा सशस्त्र प्रहरीले शनिवार बरामद गरेको छ सशस्त्र प्रहरी बल नेपाल गुल्म हेटक्वाटर बाँके नम्वर ४० गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक द्रोर्णबहादुर बुढाको कमाण्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा रहेको करिव १ लाख ४४ हजार मूल्य बराबरको ज्युँदो बोइलर कुखुरा बरामद गरेको हो ।

श्सस्त्र प्रहरीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका १७ ढोडेगाउँबाट करिव ८ सय किलो अवैध बोइलर कुखुरा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहका अनुसार बरामद गरिएको कुखुरा पशु क्वारेन्टाइन कार्यालयमा बुझाइएपछि नष्ट गरिएको छ । ‘गस्तिमा रहेको सशस्त्र प्रहरीलाई देखेपछि बोइलर कुखुरा छाडेर तस्करहरु फरार भए’ थापाले भने ।

सशस्त्र प्रहरीले यसअघि पनि ठूलो परिमाणमा अवैध बोइलर कुखुरा बरामद गर्दै आएको छ । सीमाबाट हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्दै आएको प्रहरी उपरीक्षक थापाले बताए ।यसरी भारतबाट भित्रिने कुखुरा रोगी भएको हुनसक्ने प्रहरीको दावी छ । पशु क्वारेन्टाइनमा जाँचेपछि मात्र पशुजन्य वस्तु आयत गर्न पाइन्छ । भारत हुँदै रोग पनि कुखुरासँगै भित्रिने गरेको उदाहरण यसअघिका घटनाले देखाएको छ ।

          September 2, 2018 1:04 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...