Monday 30th March 2026

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

8 years अगाडी

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै राजधानीमा सम्पन्न बिम्स्टेक सम्मेलन लगायत समसामयिक विषयमा जानकारी दिन आज संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले खासगरी बिम्स्टेकमा भएका सहमति र कार्यान्वयनका आधारबारे संसदलाई जानकारी लगाउन लागेका हुन् । गत शुक्रवार काठमाडौंमा सम्पन्न बिम्स्टेक सम्मेलनले १८ बुँदे घोषणा पत्र जारी गरेको थियो ।

          September 4, 2018 12:27 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...