आगलागीबाट ७ लाख ३५ हजार बराबरको क्षति
8 years अगाडी
Susma Dhakal
काठमाडौं । कास्की र रामेछापमा भएका छुटाछुट्टै आगलागीबाट करीब ७ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।कास्की पोखरा लेखनाथ महानगरपालिका १९ लामाचौर डेरा गरी बस्ने अन्नपूर्ण गाउँपालिका १ नौडाडा घर भएका गणेश श्रेष्ठको कोठामा ग्यांस लिक भई सोमबार आगलागी हुँदा नगद २ लाख र कोठामा रहेका बिभिन्न सामान समेत जली करीब ६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
यसैगरी रामेछाप गोकुलगंगा गाउँपालिका ४ बेताली भन्ने स्थानमा कन्यमाया मुङरान्तिको घरमा गएराती आगलागी हुँदा घरमा रहेका अन्नपात, भाँडावर्तन समेत जलेर करीब १ लाख ३५ हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको छ। स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
September 4, 2018 12:39 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...