श्रीमानको रिसले नाबालक छोराको हत्या, अामा पक्राउ
विराटनगर, भदौ । मोरङमा एक आमाले श्रीमानको रिसले आफ्नै नाबालक छोराको हत्या गरेकी छिन् । मोरङको कानेपोखरी गाउँपालिका ५ की २३ वर्षीय कल्पना दर्जीले आइतबार ६ वर्षीय छोरा रेशमको हत्या गरेकी हुन् । घरबाट माइत जाने भनि छोरा लिएर निस्किएकी कल्पनाले बाटोमा पर्ने चिसाङ खोलामा छोरालाई धकेलेर हत्या गरेकी हुन् ।माइतीमा पुगेर छोरालाई खोलाले बगाएको बताएपछि बालकको खोजीका लागि जुटेका थिए । नाबालकको खोजीमा निस्किएका माइती पक्षले नै शंका गरेर कल्पनालाई केरकार गरे । अन्तत कल्पना आफैँले छोरालाई खोलामा धकेलेको स्वीकार गरिन् ।
खोलाले बगाएर मृत्यु भएका बालकको शव घटनास्थलबाट एक सय मिटर तल अल्झिएको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीको टोलीले भेट्टायो । श्रीमान् श्याम दर्जीको किटानी जाहेका आधारमा प्रहरीले कल्पनालाई पक्राउ गरेको छ । कल्पनाले पनि श्रीमानको रिसले पहिले छोरालाई खोलामा धकेलेको स्वीकार गरेकी छिन् । पछि माया लागेर खोज्न जाँदा छोरालाई खोलाले बगाइसकेको उनले प्रहरी समक्ष बयानमा भनेकी छिन् ।
श्रीमान् श्यामले सधै मादक पदार्थ सेवन गरी आउने गरेको । घरमा आफूलाई खाना लाउन पनि नपुगेको । यस्तो अवस्थामा छोरालाई कसरी पाल्नु भने आवेशमा आएर खोलामा धकेलिदिएको उनले बताएकी छिन् ।आठ वर्षअघि कल्पना र श्यामको विवाह भएको थियो । अहिले निगुरो बेचेर कल्पनाले जिविकोपार्जन गर्दै आएकी थिइन् । श्याम र कल्पनाबीच सम्बन्ध राम्रो नभएका कारण उनी कहिले घर त कहिले माइती बस्दै आएकी थिइन् ।कल्पनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार जिल्ला अदालत मोरङबाट म्याद थप भएको छ अदालतबाट म्याद थप भएसँगै कल्पनामाथि अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीलदे बताएका छन् ।
September 5, 2018 10:03 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै