Monday 30th March 2026

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु, सह चालक गम्भीर घाइते

8 years अगाडी

खोटाङ – खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिका –२ अल्छेढुङ्गामा भएको ट्याक्टर दुर्घटनामा चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार घर भएका २२ वर्षीय प्रकाश राईको मृत्यु भएको हो । छ भने दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका–४ खाल्ले घर भएका २१ वर्षीय सहचालक गम्भीर सुजन राई गम्भीर घाइते भएका छन् ।गएराति १२ बजेतिर दिक्तेलको अल्छेढुङगादेखि दिक्तेलकै रत्नपार्कतर्फ खाली ट्याक्टर लिएर जानेक्रममा अल्छेढुङ्गामा सडकदेखि १० मिटर तल खसेर को २ त १३८८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटना भएको स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएको र स्थानीय र प्रहरीले दुवै जनालाई घटनास्थलमा गम्भीर घाइते अवस्थामा फेला पारेको भए पनि उपचारका क्रममा जिल्ला अस्पताल ल्याउनक्रममा चालकको बाटैमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतक राईको शव पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको जनाइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सह चालक राईको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ रेफर गरिएको प्रहरीको भनाई छ । घाइते राईको शरीरका विभिन्न ठाउँमा गहिरो चोट रहेकोले रेफर गरिएको अस्पतालले जनाएको छ ।

          September 5, 2018 12:32 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...