Monday 30th March 2026

नेपाली सेनाले माग्यो २ सय अधिकृत, कहाँबाट दिने दरखास्त ?

8 years अगाडी

काठमाडौं, २१ भदौ। नेपाली सेनाले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरि एकैपटक दुई सय अधिकृत (क्याडेड) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। दरखास्त आह्वान गर्दै सेनाले असोज १९ गतेसम्म दरखास्त पेस गर्न सकिने जनाएको छ। दोब्बर दस्तुरमा असोज २६ गतेसम्म दरखास्त दिन सकिनेछ।

खुला तथा समावेशी रुपमा हुने पदपूर्तिमा खुलातर्फ ११० जनाको कोटा निर्धारण गरिएको छ। यस्तै, समावेशी अन्तर्गत महिला १८, आदिवासी जनजाति २९, मधेशी २५, दलित १४, पिछडिएको क्षेत्रका लागि ४ जनाको कोटा निर्धारण गरिएको छ।

न्यूनतम प्रवीणता प्रमाणपत्र वा सो सरह अध्ययन गरेका उम्मेदवरको हकमा १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनु पर्नेछ। स्नातक उत्तीर्ण उम्मेदवारको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्नेछ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय भद्रकाली र सबै क्षेत्रीय पृतनाहरुमा दरखास्त दिन सकिनेछ।

          September 6, 2018 12:24 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...