Monday 30th March 2026

झोलामा पोको पारेर फालिएको अवस्थामा थापाथलीमा शिशुको शव फेला

8 years अगाडी

काठमाडौं, भदौ । काठमाडौंको थापाथलीमा नदी किनारमा झोलामा पोको पारेर फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।

थापाथलीको रुद्रेश्वर मन्दिर नजिकै दोभानमा आन्दाजी दुई महिने बालकको शव झोलामा पोको पारेर फालिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

जेब्रा झोलामा बालकको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घटनाकाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

          September 6, 2018 1:55 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...