Monday 30th March 2026

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदार अदक्ष

8 years अगाडी

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा विदेशिने अधिकांश नेपाली कामदार अदक्ष रहेको एक तथ्यांकले देखाएको छ। खाडी तथा मध्यपूर्वका देशमा कामको सिलसिलामा जाने अधिकांश नेपाली कामदार अक्षद हुने र सोही कारण जसो दुर्घटनामा पर्ने वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। सो तथ्यांक अनुसार बिना सिप साउदी दुवई, कतार, बहराइन, इजरायल, जापान लगायतमा मुलुकमा नेपाली कामदार जाने गरेका हुन्।
वैशाखदेखि साउन ४ महिनाको अवधिमा विदेशिएका झन्डै १ लाख ६५ हजार नेपाली कामदार मध्ये अदक्ष नेपाली कामदारको संख्या एक लाख दुई हजार छ। यत्ति ठूलो संख्यामा विदेशिएका नेपाली कादार बिना सिप वैदेशिक रोजगारको क्रममा जाँदा समस्यामा पर्ने गरेका छन्।

सिप नभएपछि नेपाली कामदारहरुले थोरै तलबमा धेरै परिश्रम गर्नुपरेको छ भने नेपाली कामदारहरु असक्षम भएकै कारण ठगिएका छन्। केयरगिभर, हाउसकिपिङ, सडक, निर्माण लोडअनलोड लगायतका कठिन कामहरु गर्न उनीहरु बाध्य छन्।  धेरै नेपाली कामदारहर अशिक्षित भएको कारण भाषाको समस्या पनि हुने गरेको छ। वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष रोहण गुरुङले धेरै नेपाली कामदार अदक्ष भएकै कारण वैदेशिक रोजगारका क्रममा समस्यामा पर्ने गरेकाले स्थानीय तहबाट नै वैदेशिक रोजगारमा जानेहरुका लागि तालिमको व्यबस्था गर्न श्रम मन्त्रालयसँग पहल गरिरहेको बताए। उनले सवै वैदेशिक रोजगारका लागि जाने नेपाली कामदारकालाई विदेशमा नठगिन उनीहरुलाई विशेष अभिमुखीकरण तालिम समेत स्थानीय स्तरबाट नै हुने व्यबस्था गर्ने बताए।

वैदेशिक रोजगार विभाग ताहाचलको तथ्यांक अनुसार गत वैशाख महिनामा वैदेशिक रोजगारका लागि गएका ५५ हजार नेपाली कामदार मध्ये ३३ हजार ३ सय ६५ जना नेपाली अदक्ष छन्। जसमा ३१ हजार ४ सय ५९ पुरुष र १ हजार ९ सय ६ जना महिला अदक्ष छन्। यिनीहरु बिना सीप वैदेशिक रोजगारका लागि गएका छन्। जेठ महिनाको तथ्यांक अनुसार विदेशिएका ४९ हजार २ सय ९९ नेपालीमा अदक्ष जनशक्तिको संख्या नै अत्याधिक छ । जसमा २७ हजार ६ सय पुरुष र १ हजार ५ सय ५३ महिला गरी २९ हजार १ सय ५३ जना नेपाली कामदार अदक्ष छन्। अर्धदक्ष कामदार जेष्ठ महिनामा ३ हजार ६ सय ९८ जना रहेका छन्। व्यवसायिक कामका लागि एकदमै थोरै संख्यामा नेपाली कामदार जाने गरेका छन्। जेष्ठ महिनामा ५३ जना पुरुष र १० जना महिला गरी ६३ जना नेपाली कामदार व्यबसायिक कामको लागि विदेश गएका छन्।

व्यवसायिक कामको लागि विदेशिँदा कामदारहरुले विदेशमा राम्रै आम्दानी गर्न सक्छन् तर बिना सिप जाँदा थुप्रै नेपाली कामदार समस्यामा पर्ने गरेका छन्। विभागको तथ्यांक अनुसार असार र साउन महिनामा पनि विना सिप वा तालिम विदेशिनेको संख्या विकराल छ। असार महिनामा मात्र विदेशिएका ३३ हजार नेपालीहरुमा १८ हजार ९ सय ५७ अदक्ष कामदार विदेशिएका छन्। जसमध्ये १७ हजार ६ सय ४६ पुरुष र १ हजार ३ सय ११ जना महिला कामदार छन् साउन महिनामा विदेशिएका ३६ हजार नेपालीमा २१ हजार अदक्ष कामदार विदेशिएका छन्। यस महिनामा व्यवसायिक कामको लागि ४२ जना नेपालीहरु मात्र गएको तथ्यांकमा उल्लेख छ। दक्ष नेपाली कामदारहरु विदेशिनु राम्रो त होइन तर विदेशिनु पर्ने बाध्यता नै हुदाँ कुनै सीप वा तालिम लिएर मात्र वैदेशि रोजगारको लागि जाँदा नेपालीकामदार ठगीने सम्भावना कम हुने हुन्छ । दक्ष कामदारहरुका लागि वैदेशिक रोजगारको यात्रा पनि सहज हुने सम्भावना रहेको छ।

          September 7, 2018 11:47 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...